दफा १७३
सहयोग पुर्याउनु पर्ने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको कुनै आदेश कार्यान्वयन गर्ने सन्दर्भमा अधिकार प्राप्त अधिकारीले वा यातायात निरीक्षकले कुनै किसिमको सहयोग मागेमा निजहरूलाई त्यस्तो सहयोग पु¥याउने कर्तव्य प्रहरी लगायत सम्बन्धित सबैको हुनेछ ।